सिंहावलोकन
एनएसडब्ल्यू बहुसांस्कृतिक एचआईभी र हेपाटाइटिस सेवा (एनएसडब्ल्यू एम एच ए एच एस) मा, हामीलाई थाहा छ कि सांस्कृतिक र भाषिक रूपमा विविध (काल्ड) पृष्ठभूमिका मानिसहरूको स्वास्थ्य सेवामा निष्पक्ष र समान पहुँचको लागि संस्कृति र समुदायको संलग्नता आवश्यक छ।
हामी सांस्कृतिक रूपमा अनुकूलित स्वास्थ्य प्रचार, शिक्षा कार्यक्रमहरू र संचारका अभियानहरू प्रदान गर्न स्वास्थ्य सेवाहरू र सामुदायिक संस्थाहरूसँग साझेदारी गर्छौं। हामी विभिन्न बहुभाषी स्रोतहरूको सह-योजना र विकास गर्छौं, साथै एचआईभी भएका मानिसहरूलाई व्यक्तिगत रूपमा सहयोग प्रदान गर्छौं।
एचआईभी क्लिनिकल कन्जिएर्ज कार्यक्रम
हामी एचआईभी भएका मानिसहरूलाई व्यक्तिगत रूपमा, उनीहरूको भाषामा सहयोग प्रदान गर्दछौं।
बहुभाषी स्रोतहरू
हामी एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र यौनजन्य संक्रमण (एस टी आई) बारे धेरै भाषाहरूमा तथ्यपत्रहरू, पुस्तिकाहरू, भिडियोहरू र थप कुराहरू उत्पादन गर्छौं।
संचार र समुदाय संलग्नता
हामी हाम्रा बहुभाषी संन्चार अभियानहरू मार्फत एचआईभी र भाइरल हेपाटाइटिसको बारेमा अद्यावधिक जानकारी प्रदान गर्दछौं। तपाईंले हामीलाई स्थानीय उत्सव र कार्यक्रमहरूमा पनि भेट्नुहुनेछ, जहाँ विभिन्न भाषामा सेवा पहुँच र जानकारी प्रदान गरिन्छ।
कार्यशक्ति विकास
हामी काल्ड समुदायहरूको लागि सेवा प्रवाह सुधार गर्न स्वास्थ्य सेवा पेशेवरहरूलाई सहयोग गर्छौं। हामी बहुसांस्कृतिक स्वास्थ्यकर्मीहरूको एचआईभी, हेपाटाइटिस, र यौनजन्य संक्रमणहरूको बुझाइ बारे सुधार गर्न उनीहरूको ज्ञान पनि बढाउँछौं।
स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रहरूमा तपाईंको भाषामा उपयोगी स्वास्थ्य जानकारी खोज्नुहोस्।

एचआईभी

हेपाटाइटिस बी

हेपाटाइटिस सी

यौन स्वास्थ्य

अष्ट्रेलियाली स्वास्थ्य सेवा प्रणाली
हाम्रो स्रोत केन्द्र बारे जानकारी राख्नुहोस्
हाम्रो स्रोत केन्द्रमा एचआईभी, भाइरल हेपाटाइटिस, यौनजन्य संक्रमणहरू, कलेजो स्वास्थ्य, र अन्य बारे नवीनतम जानकारी सहित उपयोगी जानकारी खोज्नुहोस्। धेरै भाषाहरूमा उपलब्ध यो जानकारी, स्वास्थ्य सेवाकर्मीहरु र समुदायहरूलाई सहयोग गर्न यहाँ उपलब्ध छ।





