निम्न कुराहरुबाट तपाइँ एचआईभी संक्रमित हुन सक्नुहुन्छ:
- कन्डम बिना योनि वा मलद्वारमा यौन सम्पर्क गर्नाले
- सुई र औषधि लगाउन प्रयोग गरिने सुईजन्य अन्य उपकरणहरू एकआपसमा प्रयोग गर्नाले
- शरीर छेड्ने वा ट्याटुको लागि सफा नगरिएका (अशुद्ध) उपकरणहरु प्रयोग गर्नाले
- केही विदेशी देशहरूमा गरिने असुरक्षित (अशुद्ध) रगत ट्रान्सफ्यूजन र चिकित्सा प्रक्रियाहरूका कारणले
- एचआईभी संक्रमित आमाबाट गर्भावस्था, प्रसवास्था वा स्तनपानको समयमा आफ्नो बच्चालाई सर्ने कारणले
निम्न कुराहरुबाट तपाइँ एचआईभी संक्रमित हुन सक्नुहुन्न:
- खोक्दा वा हाछ्युँ गर्दा
- चुम्बन गर्ने, अँगालो हाल्ने वा रुदा
- एचआईभी संक्रमित व्यक्तिसँग ओछ्यानमा संगै सुत्दा
- एचआईभी भएको व्यक्तिसँग खाना बाँडेर खाँदा
- एचआइभी संक्रमित व्यक्तिले प्रयोग गरेको शौचालय वा नुहाउने ठाउँ प्रयोग गर्नाले
- लामखुट्टे वा अन्य कीराको टोकाइले ।
