यदि तपाईँले सार्वजनिक स्वास्थ्य सेवामा उपचार गरिरहनुभएको छ भने, तपाईँले आफ्नो भाषा बोल्ने एक दोभाषेसंग सम्पर्क गराईदिनका लागि अनुरोध गर्न सक्नुहुन्छ। दोभाषेले तपाईँले र स्वास्थ्य सेवा कार्यकर्ताले एक अर्कालाई भनेका सबै कुराहरुको अनुवाद गर्नेछन् ।
दोभाषे प्रयोग गरेर तपाईँले निम्न कुराहरू गर्न सक्नुहुन्छ:
- तपाईँलाई भनिएको सबै कुरा बुझ्न सक्नुहुन्छ
- तपाईँले भन्नुभएको सबै कुरा बुझिएको छ भनी निश्चित गर्न सक्नुहुन्छ
- प्रश्नहरू सोध्नु सक्नुहुन्छ र जवाफहरू प्राप्त गर्नु सक्नुहुन्छ
- परीक्षणहरु र उपचार बारे बुझ्न र सहमति दिन सक्नुहुन्छ।
अनुवाद तथा दोभाषे सेवा (टिआईएस; TIS) ले फोनमा, भिडियो मार्फत वा प्रत्यक्ष रूपमा दोभाषेहरू उपलब्ध गराउँछ। तपाईँ चिकित्सक, विशेषज्ञ तथा औषधि पसले (फार्मासिस्ट) हरूलाई भेट्नु पर्दा टिआईएस (TIS) सेवा तपाईँको लागि निःशुल्क हुन्छ।
टिआईएस (TIS) टेलिफोन दोभाषे सेवा दिनको २४ घण्टा, वर्षको हरेक दिन उपलब्ध हुन्छ।
यदि तपाईँ अङ्ग्रेजी राम्रोसँग बोल्न सक्नुहुन्न भने, तपाईँ चिकित्सक वा विशेषज्ञसँग कुरा गर्न वा भेटघाट समय (अपोइन्टमेन्ट) सुरक्षित (बुक) गर्न टिआईएस (TIS) लाई १३ १४ ५० मा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले चिकित्सकको आगन्तुक स्वागत कर्ता (रिसेप्शनिस्ट) लाई सधैँ नि:शुल्क दोभाषे सेवा सुरक्षित (बुक) गर्न अनुरोध गर्न नबिर्सनुहोस्।
सबै स्वास्थ्य सेवा कर्मीहरूले जस्तै, दोभाषेहरूले पनि तपाईँले दिनुभएको जानकारी आफैमा निहित र गोप्य राख्नुपर्छ
टिआईएस (TIS) बारे थप जानकारीको लागि, https://www.tisnational.gov.au मा हेर्नुहोस्।
