आपतकालीन विभाग
आपतकालीन विभागहरूमा जानकारी

मेडिकल आपतकालीन अवस्थाको लागि, तपाईं आफ्नो नजिकको सार्वजनिक अस्पतालको आपतकालीन विभागमा जान सक्नुहुन्छ।

आपतकालीन विभागहरू हप्ताको सातै दिन २४ घण्टा खुला रहन्छन् र सधैं डाक्टरहरू र नर्सहरू उपलब्ध हुन्छन्।

यदि तपाईंसँग मेडिकेयर कार्ड छ भने सार्वजनिक अस्पतालको आपतकालीन विभागहरूमा भ्रमण नि:शुल्क हुन्छ।
आपतकालीन विभागहरूको बारेमा थप जानकारीको लागि, एन् एस डब्लु स्वास्थ्य वेबसाइटमा जानुहोस्।
NSW एम्बुलेन्स सेवा बारे जानकारी
यदि तपाईं गम्भीर घाइते, गम्भीर पीडामा वा गम्भीर रूपमा अस्वस्थ भएको कारणले आपतकालीन विभागमा पुग्न सक्नुहुन्न भने, तपाईंले मद्दत प्राप्त गर्न तीन शुन्य (०००) मा कल गर्नुपर्छ। जब तपाईं तीन शुन्य (०००) मा कल गर्नुहुन्छ, अपरेटरले तपाईंलाई यी मुनि मध्ये के चाहिन्छ भनेर सोध्नेछ:
प्रहरी
वारूण यन्त्र (दमकल)
एम्बुलेन्स।
यदि तपाईं अंग्रेजी राम्रोसँग बोल्नुहुन्न भने, अपरेटरलाई तपाईंले कुन भाषा बोल्नुहुन्छ बताउनुहोस्। अपरेटरले तुरुन्तै दोभाषे उपलब्ध गराउनेछ। दोभाषे मार्फत, अपरेटरलाई तपाईंलाई एम्बुलेन्स चाहिन्छ भन्नुहोस्। एम्बुलेन्स अधिकारीहरूले तपाईंलाई आपतकालीन उपचार प्रदान गर्नेछन् र यदि तपाईंलाई अस्पतालमा उपचार आवश्यक छ भने आपतकालीन विभागमा लैजान सक्छन्।
एन् एस डब्लु एम्बुलेन्स सेवाको बारेमा थप जानकारीको लागि, एन् एस डब्लु एम्बुलेन्स वेबसाइटमा जानुहोस्।
एम्बुलेन्स र आपतकालीन उपचारको लागत तपाईंको निजी स्वास्थ्य बीमा वा विदेशी विद्यार्थी स्वास्थ्य कभरले बेहेार्न सक्छ।
तपाईंको बीमाले कति खर्च तिर्नेछ भन्ने बारे प्रश्न भएमा सधैं आफ्नो स्वास्थ्य बीमा कम्पनीसँग कुरा गर्नुहोस्।
हेल्थडाइरेक्ट
यदि तपाईं अस्वस्थ महसुस गर्नुहुन्छ र डाक्टरलाई भेट्न सक्नुहुन्न भने, नि:शुल्क स्वास्थ्य सल्लाहको लागि हेल्थडाइरेक्टलाई १८०० ०२२ २२२ मा कल गर्नुहोस्। एक नर्सले तपाईंको कलको जवाफ दिनेछन् र तपाईंको स्वास्थ्यको बारेमा केही प्रश्नहरू सोध्नेछन्।
नर्सले तपाईंलाई अब के गर्ने भनेर बताउनेछन्। आवश्यक परेमा, तिनीहरूले तपाईंलाई भर्चुअल डाक्टर सेवा (वयस्क वा बच्चाहरूको लागि) वा तपाईंको नजिकैको आपतकालीन हेरचाह सेवामा पठाउन सक्छन्। यो सेवा नि:शुल्क छ र दिनको २४ घण्टा, हप्ताको ७ दिन उपलब्ध छ।
हेल्थडाइरेक्ट वेबसाइटमा तपाईं आफ्नो लक्षणहरू जाँच गर्न र अनलाइन स्वास्थ्य सेवाहरू फेला पार्न सक्नुहुन्छ।
गम्भीर नभएका स्वास्थ्य समस्याहरूको लागि, तपाईंले आफ्नो जीपीलाई भेट्न जानुपर्छ।
थप जानकारीको लागि, आपतकालीन हेरचाह सेवा वेबसाइटमा जानुहोस्।
