एचआईभी परीक्षण

तपाई एचआईभी संक्रमित हुनुहुन्छ कि हुनुहुन्न भनेर पत्ता लगाउने एक मात्र तरिका एचआईभी परीक्षण गर्नु नै हो। न्यू साउथ वेल्स (एन यस डब्लु) राज्यमा, एचआईभी परीक्षण नि:शुल्क, सजिलो साथै गोप्य रुपमा गरिन्छ ।
एचआईभी परीक्षण

कसले परीक्षण गराउनु पर्छ

arrow

धेरैलाई आफू एचआईभी संक्रमित भएको थाहा हुदैन। आफूलाई एचआईभी संक्रमित भएको शंका हुने जो कोहीले एचआईभी परीक्षण गराउनुपर्छ।
यदि तपाईंले एचआईभीको परीक्षण कहिल्यै गराउनु भएको छैन भने, एचआईभीको लागि अहिलेनै परीक्षण गराउनु पर्ने राम्रा कारणहरू धेरै छन्।

निम्न अवस्थाहरुमा तपाईंले एचआईभीको परीक्षण गराउनुपर्छ

  • अन्य पुरुषहरूसँग यौनसम्पर्क गर्ने पुरुष भए
  • तपाईंका एकभन्दा बढी यौन सम्बन्ध राख्ने साथी भए र तपाईंले कन्डमको प्रयोग सधैं गर्नु भएको छैन भने
  • एचआईभी संक्रमित भई बाँचिरहेको साथीसंगै बस्नुहुन्छ भने
  • एचआईभीसँग संक्रमित भई बाँचिरहेको साथीसंगै बस्नुहुन्छ र तपाईं बच्चा जन्माउन चाहनुहुन्छ भने
  • एचआईभी संक्रमित धेरै भएको देशमा कन्डम बिना यौन सम्पर्क गर्नुभएको भए
  • सुई र औषधि लगाउन प्रयोग गरिने सुईजन्य अन्य उपकरणहरू एकआपसमा प्रयोग गरेको भए
  • विदेशमा सुई लाउने, ट्याटु हान्ने, शरीर छेड्ने वा चिकित्सा प्रक्रियाहरू पुरा गरेको भए र उक्त प्रक्रियाहरूमा सफा उपकरणहरू प्रयोग गरिएको थियो भनेर तपाईं निश्चित हुनुहुन्न भने।

एचआईभी परीक्षणका प्रकारहरू

arrow

एचआईभी रगत परीक्षण (एचआईभी एन्टिबडी परीक्षण)

यो सबैभन्दा साधारण प्रकारको परीक्षण हो। तपाईंको डाक्टरले रगतको नमूना लिन्छ र एचआईभी परीक्षण गर्न प्रयोगशालामा पठाउँछ। यदि तपाईंको रगत परीक्षणले एचआईभी देखाउँछ भने, यो नतिजा पुष्टि गर्न डाक्टरले परीक्षण दोहोर्याउनेछन्।

एचआईभी परीक्षण गर्न चाहने जो कोहीको लागि यो परीक्षण उपलब्ध छ।


एचआईभी स्व-परीक्षण

तपाईंको औंलाबाट रगतको सानो थोपा लिई एचआईभी परीक्षण गर्न प्रयोग गरिन्छ। जसको परिणाम ३० मिनेटमा तयार हुन्छ। त्यहाँ तीन सम्भावित परीक्षण परिणामहरू आउछन्:

  1. नकारात्मक = अर्थात् कुनै एचआईभी छैन
  2. प्रतिक्रियात्मक = अर्थात् एचआईभी छ। जुन नतिजा पुष्टि गर्नको लागि तपाईंले एचआईभी रगत परीक्षण गर्न आवश्यक हुनेछ।
  3. अमान्य = अर्थात् परीक्षणले काम गरेन। तपाईंले फेरि परीक्षण गर्नुपर्छ।

एचआईभी स्व-परीक्षणका धेरै विकल्पहरू उपलब्ध छन्। अर्को खण्डमा तपाईंको लागि सबैभन्दा राम्रो विकल्प खोज्नुहोस्।

एचआईभी परीक्षण म कहाँ गर्न सक्छु?

arrow

एचआईभी परीक्षण सजिलो र गोप्य हुन्छ।

यदि तपाईंसँग मेडिकेयर कार्ड छ भने यो नि:शुल्क गरिन्छ। यदि तपाईं न्यु साउथ वेल्समा अस्थायी आगन्तुक हुनुहुन्छ र तपाईंसंग मेडिकेयर कार्ड छैन भने, तपाईं अझै पनि निम्न सेवाहरूबाट नि:शुल्क परीक्षणको लागि योग्य हुन सक्नुहुन्छ।.


सुकेको रगतको दागको घरमै परीक्षण

सुकेको रगतको दाग (डीबीएस) एचआईभी परीक्षण नि:शुल्क र गोप्य हुन्छ। तपाईंले परीक्षणका लागि किट अनलाइन अर्डर गर्नुहुन्छ र घरमै गर्नुहुन्छ। तपाईंले आफ्नो औंलाबाट केही थोपा रगत सङ्कलन गर्न परीक्षण किटमा प्रदान गरिएको सानो सुई प्रयोग गर्नुहुन्छ र परीक्षणको लागि प्रयोगशालामा पठाउनुहुन्छ। तपाईंले परीक्षणको नतिजा एक हप्तामा प्राप्त गर्नुहुन्छ।

यो निम्नका लागि उपलब्ध छ:

  • पुरुषहरूसँग यौनसम्पर्क गर्ने पुरुषहरू
  • एचआईभी धेरै भएका देशहरूका मानिसहरू
  • एचआईभी धेरै भएका देशहरूका यौन साझेदार भएका मानिसहरू।

यो परीक्षण गराउनको लागि तपाईं १६ वर्षभन्दा माथिको हुनुपर्छ र एनएसडब्ल्यूमा बस्ने हुनुपर्छ। तपाईंलाई मेडिकेयर कार्डको आवश्यकता पर्दैन।

तपाईको भाषामा डि बि एस बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

 

घरमै डीबीएस परीक्षण कसरी गर्ने भनेर जान्नको लागि भिडियो हेर्नुहोस्::
Play
डीबीएस प्रदर्शन भिडियो

माईटेस्ट भेन्डिङ मेसिनहरू

तपाईंले नि:शुल्क माईटेस्ट एचआईभी स्व-परीक्षण किटको साथ निजी रूपमा आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्नुहुन्छ। माईटेस्ट एचआईभी स्व-परीक्षण किटहरू एनएसडब्ल्यू भरिका भेन्डिङ मेसिनहरूबाट सङ्कलन गर्न सकिन्छ। परिणामहरू १५ मिनेटमा उपलब्ध हुनेछन्। भेन्डिङ मेसिन स्थानहरू फेला पार्न यहाँ क्लिक गर्नुहोस्।


एटोमो एचआईभी स्व-परीक्षण

यो औंलामा घोचेर गरिने परीक्षण हो जुन अनलाइन वा औषधि पसल/केमिस्टबाट खरिद गर्न सकिन्छ। नतिजा १५ मिनेटमा उपलब्ध हुन्छ। थप जानकारीको लागि, एटोमो एचआईभी स्व-परीक्षण वेबसाइटमा जानुहोस्।


द्रुत एचआईभी परीक्षण केन्द्रहरू

द्रुत एचआईभी सामुदायिक परीक्षण केन्द्रहरू, जसलाई अटेस्ट a[TEST] भनिन्छ, पुरुषहरूसँग मात्र यौनसम्पर्क गर्ने पुरुषहरूका लागि हो, र यी टेस्टहरु नि:शुल्क गरिन्छन्। तपाईंको औंलाबाट रगतको सानो थोपा लिइन्छ र एचआईभी परीक्षण गर्न प्रयोग गरिन्छ। यस परीक्षणको परिणाम ३० मिनेटमा तयार हुन्छ ।

तपाईंको नजिकको [TEST] केन्द्र फेला पार्न यहाँ क्लिक गर्नुहोस्।


यौन स्वास्थ्य क्लिनिकहरू

एन यस डब्लु यौन स्वास्थ्य क्लिनिकहरूमा एचआईभीको परीक्षण निःशुल्क गरिन्छ । केही क्लिनिकहरूमा तपाईंलाई मेडिकेयर कार्डको आवश्यकता पर्दैन र यदि तपाईं आफ्नो वास्तविक नाम दिन चाहनुहुन्न भने तपाईंले नदिदा पनि हुन्छ।

तपाईंको लागि कुन क्लिनिक उत्तम हुन्छ भन्ने बारे थप जानकारीको लागि, तपाई एन यस डब्लु यौन स्वास्थ सुचनाप्रदायक सेवा, [NSW Sexual Health Infolink (SHIL)], लाई १८०० ४५१ ६२४ मा कल गर्नुहोस्।

यदि तपाइँ आफ्नै भाषामा बोल्न चाहनुहुन्छ हुन्छ भने, तपाइँले टेलिफोन दोभासे सेवा १३ १४ ५० मा निःशुल्क कल गर्न सक्नुहुन्छ र आफुलाई यौन स्वास्थ सुचनाप्रदायक सेवा (SHIL) मा जोडी दिनु हुन अनुरोध गर्न सक्नुहुन्छ।


चिकित्सक वा डाक्टर (जी पी)

तपाईंको डाक्टर (जी पी) ले तपाईंलाई एचआईभी रगत परीक्षण गराउन सक्नुहुन्छ। यो एचआईभी परीक्षणको सबैभन्दा सामान्य प्रकार हो। तपाईंको डाक्टरले रगतको नमूना लिनुहुन्छ र एचआईभी परीक्षण गर्न प्रयोगशालामा पठाउँनु हुन्छ । तपाईंले डाक्टरको समय र रगत परीक्षणको शुल्क भने तिर्नुपर्ने हुन सक्छ।


परिवार नियोजन चिकित्सालय (क्लिनिक) हरू

परिवार नियोजन क्लिनिकहरूले विभिन्न प्रजनन र यौन स्वास्थ्य सेवाहरू जस्तै यौनबाट सर्ने संक्रमण (STIs) को परीक्षण र निदान, गर्भनिरोधक जानकारी र प्रक्रियाहरू, साथै गर्भाधानका विकल्पहरू बारे परामर्श सेवाहरू प्रदान गर्दछन् । तपाईंले यो सेवाको शुल्क भने तिर्नुपर्ने हुन सक्छ।

तपाईंको नजिकैको परिवार नियोजन क्लिनिक फेला पार्न यहाँ क्लिक गर्नुहोस्

यदि मेरो एचआईभी परीक्षणको नतिजा पोजिटीभ आयो भने के हुन्छ?

arrow

यदि तपाईंले एचआईभी परीक्षणको नतिजा पोजिटिभ आएको जानकारी प्राप्त गर्नुभयो भने तपाईं निराश, क्रोधित वा अन्योल महसुस गर्न सक्नुहुन्छ। त्यस्तो लाग्नु पूर्णतया सामान्य हो। एचआईभी परीक्षण पोजिटिभ हुनुको मतलब तपाईलाई एड्स छ भन्ने होइन।

तपाईले यो याद राख्नु महत्त्वपूर्ण हुन्छ कि एचआईभीको औषधि सेवनले यसको उपचार गर्न सकिन्छ र एचआईभी भएका मानिसहरू लामो र स्वस्थ जीवन बाँच्न सक्छन्।

एचआईभीको पोजिटिभ परीक्षण भएपछि तपाईले राम्रो महसुस गरेता पनि तपाईको पहिलो कदम भनेको आफ्नो डाक्टर (जी पी) लाई भेट्नु हो ।

डाक्टरले तपाईंलाई एचआईभी बारे जानकारी दिन्छन् र तपाईं ठीक हुनुहुन्छ भनी सुनिश्चित गर्नका साथै तपाईंलाई एचआईभी उपचार बारेमा निर्णय लिन मद्दत गर्नका लागि केही थप परीक्षणहरू गराउनेछन् ।

कानूनत, एन यस डब्लुमा तपाईंले कसैलाई एचआईभी लाग्नबाट जोगाउन उचित सावधानी अपनाउनुभएको छ भने यौन सम्पर्क गर्नु अघि तपाईंले आफुलाई एचआईभी भएको बताउनुपर्ने आवश्यकता छैन। यसको अर्थ तपाई उपचार नियमित रूपमा लिईरहनु भएको र तपाईको भाइरल लोड पत्ता लगाउन नसकिने मात्रामा रहेको भन्ने जनाउनु हो ।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.