अवलोकन

अष्ट्रेलियाको स्वास्थ्य प्रणाली संसारकै उत्कृष्ट मध्ये एक हो। यसले तपाईं र तपाईंको परिवारको लागि गुणस्तरीय, सुरक्षित र किफायती स्वास्थ्य सेवा प्रदान गर्दछ।
अवलोकन

स्वास्थ्य प्रणाली स्वास्थ्य सेवा प्रदान गर्ने सेवाहरू र संस्थाहरू मिलेर बनेको हुन्छ। यसमा अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू र डाक्टरहरू, नर्सहरू र दोभाषेहरू जस्ता स्वास्थ्य सेवाकर्मीहरू समावेश छन् । यद्यपि, यो प्रणाली बुझ्न जटिल हुन सक्छ, र धेरै मानिसहरूलाई कुन सेवाहरू उपलब्ध छन् वा तिनीहरूले के प्रदान गर्छन् भन्ने थाहा नहुँन सक्छ।

मेडिकेयर र सार्वजनिक अस्पताल प्रणाली

arrow

मेडिकेयर अष्ट्रेलियाको सार्वभैामिक स्वास्थ्य सेवा प्रणाली हो। अष्ट्रेलियाका सबै स्थायी बासिन्दाहरू र केही भिसा धारकहरू मेडिकेयर कार्डको लागि योग्य छन्। यदि तपाईंसँग मान्य मेडिकेयर कार्ड छ भने, अष्ट्रेलियाली सरकारले तपाईंको स्वास्थ्य सेवाको केही वा सबै लागतहरू तिर्नेछ जसमा तपाईंको डाक्टरलाई भेट्ने र सार्वजनिक अस्पताल वा क्लिनिकमा उपचार प्राप्त गर्ने लागत समावेश हुन्छ।

यदि तपाईंसँग मेडिकेयर कार्ड छ भने, तपाईं औषधि लाभ योजना (पि बि एस्) मार्फत कम मूल्यमा धेरै प्रेस्क्रिप्शन औषधिहरू किन्न सक्नुहुन्छ।

तपाईंको डाक्टर, अस्पताल वा क्लिनिकमा जाँदा सधैं आफ्नो मेडिकेयर कार्ड साथमा लैजानुहोस्।

मेडिकेयरको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

निजी स्वास्थ्य बीमा

arrow

निजी स्वास्थ्य बीमाले तपाईंलाई सार्वजनिक प्रणाली बाहिर रहेका सेवाहरूको विकल्प दिन्छ। निजी स्वास्थ्य सेवाहरूको लागि, अस्पताल भित्र र बाहिर दुवै, तपाईंले आफ्नो स्वास्थ्य सेवाको लागत तिर्नुहुन्छ।

निजी स्वास्थ्य बीमाले मेडिकेयरले नबेहेार्ने केही अन्य उपचारहरू जस्तै दन्त सेवा, फिजियोथेरापी, र चश्माको भुक्तानी गर्न सक्छ। यद्यपि, यसले सबै सेवाको सम्पूर्ण लागत बेहेार्दैन।

आफ्नो स्वास्थ्य सेवा कर्मचारी, जस्तै तपाईंको डाक्टर, र तपाईंको बीमा कम्पनीसँग सधैं पहिलेनै बुझ्नुहोस्:

  • सेवाको लागत कति छ
  • तपाईंको बीमा पोलिसीले कति तिर्नेछ
  • तपाईंले कसरी र कहिले तिर्ने

निजी स्वास्थ्य बीमाको बारेमा थप जानकारीको लागि, यी लिंकहरूमा जानुहोस्:

निजी स्वास्थ्य बीमा | अष्ट्रेलियाली सरकारको वेबसाइट
स्वास्थ्य र भलाइ
अन्तर्राष्ट्रिय विद्यार्थी स्वास्थ्य केन्द्र।

स्थानीय स्वास्थ्य जिल्लाहरू

arrow

न्यू साउथ वेल्समा १५ वटा स्थानीय स्वास्थ्य जिल्लाहरू (एल एच डी हरू) छन्। यी ती क्षेत्रहरू हुन् जसले राज्यका विभिन्न भागहरूमा स्वास्थ्य सेवाहरू र अस्पतालहरू व्यवस्थापन गर्छन्।

सिड्नी क्षेत्रमा छ वटा एल एच डी हरू छन्, र ग्रामीण र क्षेत्रीय एन् एस डब्लुमा नौ वटा एल एच डी हरू छन्।

के तपाईंलाई आफ्नो स्थानीय स्वास्थ्य जिल्ला थाहा छ? आफ्नो स्थानीय स्वास्थ्य जिल्लाको वेबसाइटमा गएर स्थानीय स्वास्थ्य जानकारी र सेवाहरू खोज्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.