सम्बन्धहरू र सहमति

स्वस्थ रोमाञ्चक र यौन सम्बन्धहरू सम्मान, स्पष्ट सीमाहरु र सहमतिमा आधारित हुन्छन्।
सम्बन्धहरू र सहमति

यौन सहमति भनेको के हो?

arrow

जब हामी सहमतिको बारेमा कुरा गर्छौं, यसको अर्थ तपाईंलाई भइरहेको कुनै कुरामा हो वा होइन भन्न सक्ने क्षमता हो। यौन सहमति भनेको जब तपाईं स्वतन्त्र रूपमा अरू कसैसँग यौनसम्पर्क वा यौन क्रियाकलापमा भाग लिन सहमत हुनुहुन्छ। प्रत्येक यौन क्रियाकलापको लागि, प्रत्येक पटक यो हुँदा, यौन सहमति लिनुपर्छ।

तपाईंको लागि सहमतिको बारेमा कुराकानी गर्नु नौलो कुरा हुन सक्छ, विशेष गरी यदि तपाईंले सम्बन्ध सुरु गर्दै हुनुहुन्छ वा पहिलो पटक यौन सम्पर्क गर्दै हुनुहुन्छ भने। यो महत्त्वपूर्ण छ कि तपाईं र तपाईंले यौन सम्पर्क गर्ने व्यक्तिहरूले यो यात्राको हरेक चरणमा सुरक्षित र सहज महसुस गर्नुपर्छ।

सम्बन्धहरूको बारेमा थप जान्नुहोस् Relationship 101 पुस्तिकामा, जुन २० सामुदायिक भाषाहरूमा उपलब्ध छ।

अनुरोध गर्ने, प्रदान गर्ने र सहमति लिने

arrow

हामीले हाम्रो परिवार र साथीहरूसँग हरेक दिन अनुरोध गर्ने, प्रदान गर्ने र सहमति लिने जस्ता कार्यहरू गर्छौं। उदाहरणका लागि, यदि तपाईंलाई साथीको गाडी उधारो लिन आवश्यक छ भने, तपाईंले पहिले आफ्नो साथीलाई सोध्नुहुनेछ। तपाईंले उनीहरूको गाडी उधारोमा लिन अघि तपाईंको साथी सहमत हुन वा सहमति गरेको हुनुपर्छ।

यौन सहमति धेरै समान छ। यो भनेको यौन सम्पर्क गर्न तथा अँगालो, चुम्बन वा यौन-साथी (पार्टनर) को गुप्तांग छुने जस्ता घनिष्ठ कुराहरूमा भाग लिन मानिसहरू सहमत हुने बारेमा हो। शरीरमा केहि चीज घुसाउन जस्त.

सहमति भनेको सुरक्षित र सहज महसुस गर्नु हो।

कुरा गर्नु र प्रश्नहरू सोध्नु भनेको कसैले कुनै पनि समयमा सहज महसुस गरिरहेको छ वा छैन भनेर बुझ्ने सबैभन्दा राम्रो तरिका हो। तपाईंले यी प्रश्नहरू सोध्न सक्नुहुन्छ जस्तै:

  • तपाईं के गर्न चाहनुहुन्छ?
  • त्यस्तो केही छ जो तपाईं गर्न चाहनुहुन्न?
  • के म यहाँ छुन सक्छु?
  • के तपाईं जारी राख्न खुसी हुनुहुन्छ?
  • के तपाईं यससँग सहज महसुस गर्नुहुन्छ?
  • तपाईं रोक्न चाहनुहुन्छ?

एक पटकको यौन गतिविधिमा सहमति जनाउनुको मतलब यो होइन कि तिनीहरूले अर्कोको लागि पनि सहमति दिएका हुन् . यद्यपि तपाईंले त्यहि व्यक्तिसँग पहिले नै एक पटक यौन गतिविधि गर्नुभएको भए पनि यौन सहमति हरेक चोटी सोधिनु पर्छ र दिईनुपर्छ।

कहिलेकाहीं मानिसहरूले “होइन” भन्न सहज महसुस गर्दैनन्, चाहे उनीहरू साँच्चिकै चाहँदैनन्। तपाईं सँग भएको व्यक्ति बाहिरबाट खुसी र सहज देखिए पनि, भित्रभित्रै उनीहरू सहज नहुन सक्छन्। त्यसैले उनीहरूको शारीरिक हाउभाउमा ध्यान दिनुहोस्, जसले सहमति दिइरहेका छन् कि छैनन् भनेर बुझ्न सहयोग गर्छ।
यदि कसैलाई असहज महसुस भइरहेको छ भने, उनीहरूले यस्तो गर्न सक्छन्:

  • मांसपेशिहरु कडा पार्छन्
  • तपाईलाई टाढा धकेल्छन्
  • आफ्नो हात शरीरको वरिपरि बाध्छन्
  • अनुहार लुकाउने वा तपाईंको स्पर्शमा प्रतिक्रिया नदिने गर्छन् ।

तपाईंको यौन-साथीले सहमति जनाइरहेको छ वा छैन भनी जान्न मद्दतको लागि शरीरको हाउभाउ र सङ्केतहरू सोध्नु र जाँच गर्नु राम्रो हुन्छ । एक व्यक्तिले कुनै पनि समयमा आफ्नो मन परिवर्तन गर्न सक्छ र जारी राख्नको लागि तत्काल सहमति नदिन सक्छ।

यदि एक व्यक्तिले “नाई” भन्यो वा सो व्यक्ति असहज देखिन्छ भने, तपाईंले रोक्नु पर्छ।

यौन सहमतिको बारेमा के कानून छ?

arrow

गैर-सहमतिपूर्ण सम्भोग वा यौन गतिविधि (छुने वा चुम्बन सहित) गैर कानूनी छ र यो एक अपराध हो। न्यु साउथ वेल्समा यौन सहमति दिनको लागि व्यक्तिको कानुनी उमेर १६ वर्ष हो। सहमति उमेर कानूनहरू विभिन्न राज्यहरूमा फरक-फरक हुन्छन्, यदि एनएसडब्ल्यू बाहिर यौन सम्पर्क गर्दै हुनुहुन्छ भने स्थानीय कानूनहरू जाँच गर्नुहोस्।

यदि व्यक्ति सुतिरहेका छन्, रक्सी वा लागूपदार्थको असरमा छन्, झुक्याइएका छन् वा डर देखाएर यौन गतिविधिमा सहभागी गराइएको छ भने, त्यस अवस्थामा कानुनी रूपमा सहमति दिइएको मानिंदैन।

यौन हिंसा वा पारिवारिक तथा घरेलु हिंसाको लागि परामर्श र सहयोगको लागि, कृपया कल गर्नुहोस् 1800RESPECT (1800 737 732). यदि आपतकालीन अवस्था छ भने, ००० मा कल गर्नुहोस्।

सहमति बारे थप जानकारी यहाँ छ: https://www.nsw.gov.au/family-and-relationships/make-no-doubt

सेक्सटिंग र सहमति

arrow

यौनजन्य सन्देशहरू, तस्बिरहरू वा भिडियोहरू पठाउनु भनेको सम्बन्ध स्थापित गर्ने रमाइलो र घनिष्ठ तरिका हुन सक्छ, यदि यो सहमति र सम्मानका साथ गरिएको छ भने। यद्यपि, यसमा सचेत हुनुपर्ने जोखिमहरू र कानुनी व्यवधानहरु छन्।

अष्ट्रेलियामा, १८ वर्ष मुनिका जो कोहीको लागि पनि यौन सामग्री पठाउनु, प्राप्त गर्नु वा हेर्नु गैरकानूनी छ। सहमति बिना यौन तस्बिरहरू साटासाट गर्नु पनि गैरकानूनी छ। एक पटक तस्बिरहरू साटासाट गरिसकेपछि, तस्बिरहरू कहाँ जान सक्छन् भनेर नियन्त्रण गर्न गाह्रो हुन्छ। तिनीहरूलाई तपाईंको अनुमति बिना सजिलैसँग साटासाट वा अनलाइन पोस्ट गर्न सकिन्छ।

तपाईंले अनलाइन सुरक्षित रहने वा अनलाइन दुर्व्यवहारको रिपोर्ट गर्ने बारे थप जानकारी eSafety Commissioner वेबसाइटमा पाउन सक्नुहुन्छ।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.