
उपचारले कलेजोको क्षति र कलेजोको अर्बुद रोग (क्यान्सर) को जोखिम मात्र कम गर्दैन, यसले हेपाटाइटिस् (कलेजोको सुजन) सीबाट छुटकारा पाउने ९५% सम्भावना छ।

हेपाटाइटिस् (कलेजोको सुजन) सीको उपचार गर्न प्रयोग गरिने औषधिहरूलाई डाइरेक्ट एक्टिंग एन्टिभाइरल (DAAs) भनिन्छ। तिनीहरूलाई ८ देखि १२ हप्तासम्म चक्कीको रूपमा लिइन्छ।यो उपचार सरल र सुरक्षित छ। धेरैजसो मानिसहरूलाई कुनै दुष्-प्रभाव (साइड इफेक्ट) हुँदैन। तपाईंको चिकित्सकले तपाईंको लागि कुन औषधि राम्रो छ भनेर व्याख्या गर्नेछन्।

यदि तपाईंसँग मेडिकेयर कार्ड छ भने औषधि निःशुल्क हुन्छ । यद्यपि, चिकित्सकले बल्क बिलहरू नदिएसम्म तपाईंले अझै पनि उनीहरूलाई भेट्न शुल्क तिर्न आवश्यक हुन सक्छ।
यदि म निको भएँ भने, के मलाई हेपाटाइटिस् (कलेजोको सुजन) सी फेरि हुन सक्छ?
हो। उपचार पछि पनि तपाईंलाई फेरि हेपाटाइटिस् सी लाग्न सक्छ (पुनः संक्रमित)।
यदि तपाईं निको भइसक्नुभएको छ भने, हेपाटाइटिस् सी फेरि लाग्नबाट जोगाउन सक्दो प्रयास गरेर आफ्नो हेरचाह गर्नु महत्त्वपूर्ण छ।
यदि तपाईंलाई फेरि यो हुने जोखिम छ भने, तपाईंले नियमित रूपमा परीक्षण पनि गराउनु पर्छ।
यदि तपाईंलाई हेपाटाइटिस् (कलेजोको सुजन) सी फेरि भयो भने, तपाईंले फेरि औषधि लिन सक्नु हुनेछ।
