तपाईंलाई यी कुराहरुबाट हेपाटाइटिस् सी सर्न सक्छ:
- निर्मलीकरण नगरीएको (फोहोर) सुई, रक्तदान (रगत प्राप्त गर्ने) प्रक्रिया र केही विदेशी देशहरूमा गरिने अन्य चिकित्सा वा दन्त प्रक्रियाहरूबाट। अष्ट्रेलियामा, यी सुरक्षित छन्।
- निर्मलीकरण नगरीएको (फोहोर) परम्परागत अभ्यासहरू जसमा रगत समावेश हुन्छ, जस्तै ट्याटु बनाउने र छाला छेड्ने।
- अरू कसैको व्यक्तिगत वस्तुहरू प्रयोग गर्दा जसमा रगत हुन सक्छ, जस्तै रेजर र दाँत माझ्ने ब्रसहरू।
- आमालाई हेपाटाइटिस् सी छ भने गर्भावस्था वा सुत्केरी हुँदा आमाबाट बच्चामा सर्न सक्छ।
- हेपाटाइटिस् सी भएको व्यक्तिसँग कण्डम बिना यौनसम्पर्क गर्दा।
- लागू औषधि सहितको सुई लगाउनको लागि अरू कसैको उपकरण प्रयोग गर्दा।
- सन् १९९० अघि अस्ट्रेलियामा रक्तदान (रगत प्राप्त गर्ने प्रक्रिया) गर्दा।
तपाईंलाई यी कुराहरुबाट हेपाटाइटिस् (कलेजोको सुजन) सी सर्न सक्दैनन्:
- साझा शौचालय प्रयोग गर्दा
- खाने भाँडाकुँडा वा पिउने गिलासको प्रयोगबाट
- खोक्दा, हाछ्युँ गर्दा, चुम्बन गर्दा वा अँगालो हाल्दा
- पौडी खेल्ने पोखरीबाट
- लामखुट्टे वा अन्य कीराको टोकाइबाट।
