हेपाटाइटिस् बी को उपचार

हेपाटाइटिस् बी निको गराउन सकिदैन, तर भाइरस नियन्त्रण गर्न मद्दत गर्ने औषधिहरू भने पाईन्छन्।
हेपाटाइटिस् बी को उपचार

औषधिले मद्दत गर्न सक्छ

यी औषधिहरूले तपाईंको कलेजोमा हुने क्षतिलाई कम गर्छ साथै कलेजोको क्यान्सर हुने जोखिमलाई कम गर्छ। यी औषधिहरूले तपाईंको कलेजोलाई आफै मर्मत गर्न पनि मद्दत गर्न सक्छन्। यदि तपाईंको डाक्टरले तपाईंलाई यी औषधिहरू लिन आवश्यक रहेमा बताउनेछन्, त्यसैले तपाईं आफ्नो डाक्टरलाई नियमित रूपमा भेट्न महत्त्वपूर्ण हुन्छ ।

कलेजो विशेषज्ञलाई भेट्न जाँदा

यदि तपाईंले औषधि लिनु आवश्यक छ भने, तपाईंको डाक्टरले तपाईंलाई कलेजो विशेषज्ञकोमा पठाउनेछन्। विशेषज्ञले विभिन्न उपलब्ध औषधिहरू बारे र तपाईंको लागि सबैभन्दा राम्रो औषधि कुन हो भनेर व्याख्या गर्नेछन्। तपाईंले औषधि लिन थाल्नुभए पछि भने तपाईंले नियमित रूपमा आफ्नो विशेषज्ञलाई भेट्नुपर्छ। तपाईंको डाक्टरले भनेजस्तै औषधिहरू लिइरहनु धेरै महत्त्वपूर्ण हुन्छ ।

सुरक्षित रूपमा औषधि सेवन गर्ने

यदि तपाईंलाई तपाईंको औषधि संग कुनै समस्या छ भने, तिनीहरूको सेवन गर्न नरोक्नुहोस्, बरु तपाईंको डाक्टरसँग यसबारे कुरा गर्नुहोस्। यदि तपाईं जडिबुटी वा परम्परागत उपचार जस्ता कुनै प्राकृतिक औषधिहरू लिनुहुन्छ भने तपाईंको डाक्टर र विशेषज्ञलाई थाहा दिनुहोस्, किनकि ती मध्ये केहीले तपाईंको कलेजोलाई असर गर्न सक्छ वा तपाईंको औषधिलाई राम्रोसँग काम गर्नबाट रोक्न सक्छ। तिनीहरूले तपाईंलाई कुन प्राकृतिक औषधिहरू सेवन गर्नुहुन्न भनेर बताउन सक्छन् ।

कलेजो स्वस्थ राख्ने अन्य तरिकाहरू

  • मध्यपान गर्न छोड्नुहोस् वा सीमित गर्नुहोस्
  • स्वस्थ खाना खानुहोस्
  • नियमित रूपमा व्यायाम गर्नुहोस्
  • धुम्रपान नगर्नुहोस्
  • आफ्नो तनाव व्यवस्थापन गर्नुहोस् र तपाईंलाई आवश्यक भएजति आराम लिनुहोस् र सुत्नुहोस्।

महत्वपूर्ण सम्झना: यदि तपाईंलाई हेपाटाइटिस् बी छ भने, हरेक ६ महिनामा कलेजोको जाँच गर्न डाक्टरकहाँ जानुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.