तपाईलाई सबै रगत परीक्षणहरूले हेपाटाइटिस् बी छ नै भन्ने देखाउँदैनन्। तपाईलाई यो छ कि छैन वा तपाई भाइरसबाट सुरक्षित हुनुहुन्छ वा हुनुहुन्न भनी थाहा पाउनको लागि तपाईको डाक्टरले विशिष्ट रगत परीक्षण गर्न आवश्यक हुन्छ ।
सामान्यतया अष्ट्रेलियामा बसाइँ सर्ने बेला हुने स्वास्थ्य जाँचहरूमा हेपाटाइटिस् बी परीक्षणहरू समावेश हुँदैनन्।
तपाईलाई हेपाटाइटिस् बी छ कि छैन भनेर पत्ता लगाउन तपाईलाई कुन परीक्षणहरू चाहिन्छ भन्ने कुरा आफ्नो डाक्टरलाई सोध्नुहोस् ।
कसले परीक्षण गराउनु पर्छ?
तपाईंले हेपाटाइटिस् बी को लागि परीक्षण गराउनु पर्ने हुन्छ, यदि तपाईं:
- सामान्यत् हेपाटाइटिस् बी हुने देशहरूमा जन्मेको वा बसेको हुनुहुन्छ वा जहाँ साना बच्चा र बालबालिकाहरुका लागि निःशुल्क हेपाटाइटिस् बी खोपहरू प्राप्त छैनन्।
- आमाबाबु वा परिवारका सदस्यलाई हेपाटाइटिस् बी, कलेजो रोग वा कलेजोको क्यान्सर भएको छ।
- हेपाटाइटिस् बी भएको व्यक्तिसँग बस्नुहुन्छ ।
- विदेशमा चिकित्सा वा दन्त प्रक्रिया गराउनु भएको छ जहाँ उपकरणहरू राम्ररी निर्मलीकरण (सफा) नगरिएका हुन्छन् ।
- रगत संलग्न हुने सांस्कृतिक अभ्यासहरूमा भाग लिनु भएको छ, जस्तै ट्याटु हान्ने, शरीर छेड्ने वा एक्यूपंक्चर।
- हेपाटाइटिस् बी भएको साथीसँग कहिल्यै यौन साझेदार भएको भए ।
- कन्डम बिना यौन सम्पर्क गर्नु भएको भए।
- विदेशमा, वा अष्ट्रेलियामा सन् १९९० भन्दा अघि रगत चढाइएको थियो भने ।
हेपाटाइटिस् बी परीक्षणका प्रकारहरू
हेपाटाइटिस् बी को परीक्षण गर्न तपाईंको डाक्टरले विभिन्न प्रकारका रगत परीक्षणहरू गर्न सक्छन्।
| परीक्षण | यसले के देखाउँछ? | यदि यो पोजिटिभ छ भने यसको के अर्थ हुन्छ? | तपाईंले के गर्नुपर्छ? |
|---|---|---|---|
| हेपाटाइटिस् बी को सतह एन्टीजेन (HBsAg) | यसले तपाईंलाई हाल हेपाटाइटिस् बी छ कि छैन भनेर देखाउँछ। | तपाईलाई हेपाटाइटिस् बी लागेको छ। यदि तपाईलाई यो ६ महिना भन्दा बढी समय भएको छ भने, यो क्रोनिक (दिर्घकालिन) हो भन्ने बुझाउँछ । | आफ्नो डाक्टरसँग थप परीक्षणहरू, चेक-अपहरू र उपचारको आवश्यक भए नभएको बारेमा कुरा गर्नुहोस्। आफ्नो परिवार, यौन साझेदार साथीहरू, वा तपाईसँग बस्ने व्यक्तिहरूलाई यसको परीक्षण गराउन प्रोत्साहित गर्नुहोस्। |
| हेपाटाइटिस् बी को मुख्य एन्टिबडी (HBcAb or anti-HBc) | यसले तपाईंलाई कहिल्यै हेपाटाइटिस् बी भएको थियो वा थिएन भन्ने देखाउँछ। | तपाईलाई हेपाटाइटिस् बी लागेको हुनसक्छ वा विगतमा हेपाटाइटिस् बी भएको हुन सक्छ। | आफ्नो डाक्टरसँग थप परीक्षणहरू, चेक-अपहरू र उपचारको आवश्यक भए नभएको बारेमा कुरा गर्नुहोस्। आफ्नो परिवार, यौन साझेदार साथीहरू, वा तपाईसँग बस्ने व्यक्तिहरूलाई यसको परीक्षण गराउन प्रोत्साहित गर्नुहोस्। |
| हेपाटाइटिस् बी को सतह एन्टिबडी (HBsAb or anti-HBs) | यसले विगतको संक्रमण वा खोपबाट तपाई हेपाटाइटिस् बी प्रतिरोधी हुनुहुन्छ वा हुनुहुन्न भन्ने देखाउँछ। | तपाईलाई हेपाटाइटिस् बी फेरि लाग्न सक्दैन र हेपाटाइटिस् बी खोपको आवश्यकता पनि पर्दैन। | आफ्नो परिवार, यौन साझेदार साथीहरू, वा तपाईसँग बस्ने व्यक्तिहरूलाई यसको परीक्षण गराउन प्रोत्साहित गर्नुहोस्। |
यदि तपाईलाई क्रोनिक हेपाटाइटिस् बी लागेको छ भने, तपाइँको डाक्टरले तपाईको कलेजो बिग्रिएको छ कि छैन र तपाईले औषधि लिन आवश्यक छ कि भनेर थप परीक्षणहरू गराउन सक्नुहुन्छ । तपाईंको डाक्टरले प्रत्येक परीक्षण बारे र यो के का लागि हो भनेर व्याख्या पनि गर्न सक्नुहुन्छ ।
यदि तपाईको रगत परीक्षणले तपाईलाई हेपाटाइटिस् बी नभएको र हेपाटाइटिस् बी प्रतिरोध क्षमाता नभएको देखाउँछ भने, तपाईले आफ्नो डाक्टरलाई हेपाटाइटिस् बी खोपको लागि सोध्नु पर्छ।
कहाँ परीक्षण गर्ने
चिकित्सक वा डाक्टर (जी पी)हेपाटाइटिस् बी परीक्षणको लागि आफ्नो डाक्टरलाई सोध्नुहोस्। यदि तपाईंसँग मेडिकेयर कार्ड छ भने यो परीक्षण निःशुल्क हुन्छ ।तपाईलाई हेपाटाइटिस् बी छ कि छैन भन्ने सबै रगत परीक्षणहरूले देखाउँदैनन्। तपाईलाई हेपाटाइटिस् बी छ कि छैन भनी पत्ता लगाउनको लागि तपाईको डाक्टरले विशेष रगत परीक्षण गराउन आवश्यक हुन्छ ।

कलेजो क्लिनिकहरू र विशेषज्ञहरू
हेपाटाइटिस् बी परीक्षण गर्ने डाक्टरहरू, कलेजो क्लिनिकहरू र कलेजो विशेषज्ञहरूको लागि हेपाटाइटिस् एन यस डब्लु स्थानीय सेवा डाइरेक्टरी प्रयोग गरेर खोज्नुहोस्।

यौन स्वास्थ्य क्लिनिकहरू
एन यस डब्लु यौन स्वास्थ्य क्लिनिकहरूमा छनौट गरिएका बिरामीहरूका लागि निःशुल्क, सजिलो र गोप्य हेपाटाइटिस् बी को परीक्षण हुन्छ । केही क्लिनिकहरूमा तपाईंलाई मेडिकेयर कार्डको आवश्यकता पर्दैन र यदि तपाईं आफ्नो वास्तविक नाम दिन चाहनुहुन्न भने नामको पनि आवश्यकता पर्दैन।
तपाईको लागि कुन यौन स्वास्थ्य क्लिनिक उत्तम छ भन्ने बारे थप जानकारीको लागि, Sexual Health Infolink लाई १८०० ४५१ ६२४ मा फोन गर्नुहोस्।
