हेपाटाइटिस् सीबाट बच्ने उत्तम उपायहरू:
- दाँत माझ्ने ब्रसहरू वा रेजर जस्ता व्यक्तिगत वस्तुहरू साझेदारीमा प्रयोग नगर्नुहोस्।
- इजाजतपत्र प्राप्त, प्रशिक्षित ब्यवसायीहरूबाट मात्र ट्याटु वा छाला छेड्नुहोस् र तिनीहरूलाई विदेशमा गराउन सावधान रहनुहोस्।
- औषधि लिन सुई लगाउनका लागि आफ्नो वा नयाँ सुई र सिरिन्जहरू मात्र प्रयोग गर्नुहोस् र औषधि लिनको लागि सुई लगाउने उपकरणहरू कहिल्यै साझेदारी गरि प्रयोग नगर्नुहोस्।
- कण्डम र चिप्लो पार्ने वस्तु प्रयोग गर्नुहोस्।
सुई तथा सिरिन्ज कार्यक्रमहरु
हेपाटाइटिस् सी बाट आफू र अरूलाई बचाउने उत्तम तरिकाहरू मध्ये एक हो, आफ्नै वा नयाँ सुई, सिरिन्ज र अन्य इंजेक्शन उपकरणहरू मात्र प्रयोग गर्नु। निडल र सिरिन्ज कार्यक्रम (NSPs) र केही केमिस्टहरूबाट नि:शुल्क सुई र इंजेक्शन उपकरणहरू उपलब्ध छन्।
