हेपाटाइटिस् सी विश्वका सबै भागहरूमा पाइन्छ र यसले सबै उमेर, पृष्ठभूमि र संस्कृतिका मानिसहरूलाई असर गर्छ। विश्वभर लगभग ५ करोड ८० लाख मानिसहरू दीर्घकालीन हेपाटाइटिस् सीबाट पीड़ित छन्।
उपचार नभएमा हेपाटाइटिस् सी को कारणबाट गम्भीर रुपमा कलेजोको क्षति (सिरोसिस) र कलेजोको अर्बुद रोग (क्यान्सर) हुन सक्छ।
यदि तपाईंलाई हेपाटाइटिस् (कलेजोको सुजन) सी भयो भने तपाईंको शरीरले बिषाणु (भाइरस) सँग लड्ने प्रयास गर्नेछ। प्रत्येक चार मध्ये एक जनाले उपचार नगरीकनै १२ महिना भित्र बिषाणु (भाइरस) बाट मुक्त हुनेछन्। यसलाई एक्युट हेपाटाइटिस् सी भनिन्छ। बाँकी ७५%को शरीरमा भने यो बिषाणु (भाइरस) रही रहन्छन्। यसलाई क्रोनिक (दीर्घकालीन) हेपाटाइटिस् सी भनिन्छ। चिकित्सा उपचार बिना क्रोनिक हेपाटाइटिस् सी भएका करिब एक तिहाइ मानिसहरूमा लक्षणहरू देखा पर्छन् र कलेजोमा क्षति पुग्छ।
सौभाग्यबस, हेपाटाइटिस् (कलेजोको सुजन) सी को उपचार हुन्छ।
हेपाटाइटिस् सी को लक्षणहरू
हेपाटाइटिस् (कलेजोको सुजन) सी भएका व्यक्तिहरूमा प्रायः कुनै लक्षणहरु देखिदैनन्। तपाईंलाई हेपाटाइटिस् सी छ कि छैन भनेर थाहा पाउने एक मात्र तरिका भनेको रगत परीक्षण गर्नु हो।
जसलाई लक्षणहरू देखिन्छन्, तिनीहरूमा यी देखा पर्न लगभग २ देखि १२ हप्ता लाग्न सक्छ। उनीहरूलाई रुघा (फ्लू) लागेको, पिसाब गाढा र छाला पहेँलो र आँखाहरुमा (कमलपित्त) भएको महसुस हुन सक्छ।
क्रोनिक (दीर्घकालीन) हेपाटाइटिस् सी भएका मानिसहरूले पनि आफ्नो कलेजो नराम्ररी क्षतिग्रस्त नभएसम्म बिरामी भएको महसुस नगर्न सक्छन्। जुन महसुस गर्न धेरै वर्षहरु लाग्न सक्छ। यसका लक्षणहरु यी हुन सक्छन्:
तपाईंको शरीरको दाहिने छेउमा पेट (आमाशय) दुख्ने
दुखाइ, पिडा र ज्वरो आउने
चिन्ता वा अवसाद (डिप्रेसन) हुने
मधुमेह हुने
आँखा तथा मुख सुख्खा हुने
थकान तथा निद्रा सम्बन्धि समस्याहरू
वाकवाकी लाग्ने, बान्ता हुने वा भोक नलाग्ने (भोक नलागेको)
छालामा दाग वा छाला चिलाउने
