स्वस्थ भई रहनु
एचआईभी उपचार गरिरहेका व्यक्तिहरू लामो र स्वस्थ जीवन बाँच्न सक्छन्। तिनीहरू एचआईभी नभएका सामान्य ब्यक्तिहरु सरहकै लामो जिन्दगी बाँच्न सक्छन्।
स्वस्थकर बाँच्न र स्वस्थ रहन:
- आफुले विश्वास गर्ने डाक्टर वा स्वास्थ्यकर्मी खोज्नुहोस्
- नियमित रूपमा मेडिकल जाँचका लागि जानुहोस्
- एचआईभी औषधि नियमित रूपमा लिनुहोस् र यदि तपाइँ कुनै अन्य औषधि लिइरहनुभएको छ भने आफ्नो डाक्टरलाई त्यस बारे भन्नुहोस्
- धुम्रपान नगर्नुहोस्
- लागूपदार्थ र रक्सी सेवन सीमित गर्नुहोस्, वा कहिले पनि प्रयोग नगर्नुहोस्
- आफ्नो हरेक दिनमा व्यायाम समावेश गर्नुहोस्
- स्वस्थ र सन्तुलित आहार खानुहोस्
- प्रशस्त निद्रा पुराई सुत्नुहोस्
- आफ्नो दिमागलाई सक्रिय राख्नुहोस्
- सामाजिक रूपमा सक्रिय रहनुहोस्।
बच्चा जन्म दिनु
एचआईभी भएका मानिसहरूले आफ्नो एचआईभी सर्न नदिई स्वस्थ बच्चा जन्माउन सक्छन्।
यदि तपाईं एचआईभीसँग जीवन बाँचीरहनु भएको छ र बच्चा जन्माउने बारे सोच्दै हुनुहुन्छ भने, तपाईंले आफ्नो डाक्टरसँग यस बारे कुरा गर्नुपर्छ।
एचआईभी औषधि सेवन गरेर:
- एचआईभी संक्रमित महिलाहरू आफ्नो लोग्ने वा पार्टनरलाई एचआईभी संक्रमित हुन नदिई गर्भवती हुन सक्छन्।
- एचआईभी भएका महिलाहरूले आफ्नो बच्चालाई एचआईभी सार्ने जोखिम लगभग शून्य (<<1%) मा झार्न सक्छन्।
- एचआईभी भएका पुरुषहरूले पनि आफ्नो श्रीमती/ पार्टनर वा बच्चालाई यो सर्न नदिईकनै बच्चा जन्माउन सक्छन्।
अष्ट्रेलियामा, एचआईभी भएका महिलाहरूलाई स्तनपान गराउन सिफारिस गरिँदैन। यसबारे आफ्नो डाक्टरसँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ।
थप पढ्न यहाँ क्लिक गर्नुहोस्।
वृद्धावस्था
एचआईभी भएका व्यक्तिहरू लामो र स्वस्थ जीवन बाँचिरहेका छन्। आज प्रयोग हुने एचआईभी औषधिहरू धेरै प्रभावकारी छन्। तिनीहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई समर्थन र सुरक्षा गर्छन् र धेरै रोगहरू रोक्न मद्दत गर्छन्।
यद्यपि, एचआईभी भएका व्यक्तिहरूलाई कम उमेरमा स्वास्थ्य समस्याहरू हुन सक्छन्। आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको निगरानी गर्नाले र स्वस्थ जीवनशैली अपनाउनाले धेरै शारीरिक र मानसिक स्वास्थ्य समस्याहरूबाट बच्न मद्दत गर्न सक्छ।
माथि उल्लेखित स्वस्थ रहने सुझावहरू बाहेक, एचआईभी भएका वृद्ध व्यक्तिहरूले उपलब्ध सहयोग सेवाहरू प्रयोग गर्नु पनि महत्त्वपूर्ण छ।
तपाईंलाई आफ्नो घरमा केही सहयोग चाहिन सक्छ, छोटो समय वा लामो समयको लागि वा तपाईंलाई आवासीय सहयोग (नर्सिङ होम) चाहिन सक्छ। वृद्ध हेरचाह प्रणाली प्रयोग गर्न धेरै गाह्रो हुन सक्छ। सेवाबाट आउने साथी वा सहयोगी व्यक्तिले तपाईंको लागि सही सहयोग खोज्न मद्दत गर्न सक्छ।
थप पढ्न यहाँ क्लिक गर्नुहोस्।
हाम्रो क्लिनिकल कन्सर्ज (ढोकामुखी) कार्यक्रम
विशेषत् यदि तपाई सांस्कृतिक र भाषिक रूपमा अलग पृष्ठभूमिबाट हुनुहुन्छ भने तपाईलाई एचआईभी लागेको थाहा दिईनु साथै तपाई एचआईभीसँग बाँच्नु गाह्रो र दुविधापूर्ण हुनसक्छ।
हाम्रो एचआईभी क्लिनिकल कन्सर्ज कार्यक्रमले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसहरूलाई सहायता प्रदान गर्दछ, जो एचआईभीसँग बाँचिरहेका छन्। यो नि:शुल्क छ र एन यस डब्लु राज्यमा बस्ने मानिसहरूका लागि उपलब्ध छ।
हामी हाम्रा ग्राहकहरूलाई दोभाषे वा बाइकल्चरल कल्चरल सपोर्ट वर्कर (CSW) सँग भेट गराउछौं। हाम्रा यी स्वास्थ्य कर्मचारीले आफ्ना ग्राहकहरूको संस्कृति र भाषा प्रस्ट बुझ्छन्, जसबाट ग्राहकहरूले एचआईभी संक्रमित हुनुको अर्थ के हो र अस्ट्रेलियामा स्वास्थ्य प्रणालीले कसरी काम गर्छ भन्ने कुरा बुझ्छन्। हामी हाम्रा ग्राहकहरूसँग एचआईभी र तिनीहरूको उपचारको बुझाइमा सुधार ल्याउन र उनीहरूलाई उपलब्ध स्वास्थ्य प्रणाली र सेवाहरू बारे राम्ररी बताई बुझ्न मद्दत गर्छौं।
हाम्रो सेवा नि:शुल्क र गोप्य रहन्छ ।
यदि तपाईं एचआईभी संग बाँचिरहनु भएको छ वा एचआईभी संग बाँचिरहेको कसैलाई चिन्नुहुन्छ भने, थप जानकारी र सहयोगको लागि हामीलाई ९५१५ १२३४ मा कल गर्नुहोस् वा SLHD-DiversityHub@health.nsw.gov.au मा इमेल गर्नुहोस्।
यदि तपाईं सेवा प्रदायक हुनुहुन्छ भने, कृपया आफ्नो बिरामीलाई रेफर गर्न ई-रेफरल फारम प्रयोग गर्नुहोस्।
