एचआईभीको उपचार

एचआईभीका उपचार विधिहरु सुरक्षित र धेरै प्रभावकारी छन्। एचआईभीको उपचार एन्टिरेट्रोभाइरल (एआरभी) भनिने औषधिको सेवनबाट गरिन्छ। यो उपचार आजीवन चल्छ ।
एचआईभीको उपचार

तपाईले जति चाँडो उपचार सुरु गर्नुहुन्छ तपाईको स्वास्थ्यको लागि त्यो त्यति नै राम्रो हुन्छ।

एन्टिरेट्रोभाइरलहरूले तपाईंलाई एचआईभी बिहिन बनाउन सक्दैनन्, तर तिनीहरूले तपाईंको शरीरमा एचआईभीको मात्रा भने घटाउँछन् र तपाईंको प्रतिरक्षा प्रणालीलाई हानि गर्नबाट रोक्छन्। जब भाइरस एकदमै कम स्तरमा घटिसकेको हुन्छ (जुन सामान्यतया उपचार सुरु गरेको केही हप्ता भित्र हुन्छ), तपाईंले अर्को व्यक्तिमा एचआईभी सार्न सक्नुहुन्न।

न्यू साउथ वेल्स (एन यस डब्लु) मा, एचआईभी (एचआईभी पोजिटिभ) भएका जो कोहीको लागि उपचार निःशुल्क छ। तपाईंलाई नि:शुल्क उपचार प्राप्त गर्न मेडिकेयर कार्डको आवश्यकता पर्दैन।

उपचारले कसरी काम गर्छ?

arrow

उपचारले तपाईंको शरीरमा एचआईभी भाईरसको मात्रा कम गर्छ र तपाईंलाई बिरामी हुनबाट जोगाउछ ।

यदि तपाईंले आफ्नो एचआईभी उपचार नियमित रूपमा गर्नुहुन्छ भने तपाईंले आफ्नो भाइरल लोड कम गर्नुहुनेछ र यो पत्ता लगाउन नसकिने भाइरल लोडमा रहने गर्छ । भाइरल लोडले तपाईको रगतमा एचआईभी कति मात्रामा छ भनेर बताउँदछ ।

यदि तपाइँको भाइरल लोड धेरै छ भने, यसको मतलब तपाइँको शरीरमा धेरै एचआईभी भाइरस रहेको छ। तपाईंको प्रतिरक्षा प्रणालीलाई आक्रमण गरी कमजोर पारिएको छ र तपाईं बिरामी पर्न पनि सक्नुहुन्छ।

यदि तपाइँको भाइरल लोड कम छ वा पत्ता लगाउन नसकिने छ भने यसको मतलब तपाइँको प्रतिरक्षा प्रणालीमा आक्रमण भइरहेको छैन र तपाइँ बिरामी हुने वा एड्स लाग्ने सम्भावना धेरै कम रहेको जनाउछ।

तपाईंसँग पत्ता लगाउनै नसकिने मात्रामा भाइरल लोड हुँदा पनि तपाईंको शरीरमा एचआईभी अझै पनि अवस्थित रहेको हुन्छ, तर धेरै नै थोरै मात्रामा हुन्छ। रगतमा एचआईभी यति सानो मात्रा हुन्छ कि परीक्षणले पनि त्यो पत्ता लाग्न सक्दैन । जब तपाईंको भाइरल लोड पत्ता लगाउन नसकिने मात्रामा हुन्छ, एचआईभीले तपाईंको प्रतिरक्षा प्रणालीलाई केहि पनि हानि गर्दैन, अनि तपाईं बिरामी पर्नु हुदैन, र तपाईंले अरू मानिसहरूमा एचआईभी सार्न पनि सक्नुहुन्न।

एड्स भनेको के हो?

arrow

एचआईभीको उपचार भएन भने एड्स हुनसक्छ।

एड्स भनेको “एक्वायर्ड इम्युन डेफिसिएन्सी सिन्ड्रोम” हो। जब एउटा व्यक्तिलाई एड्स हुन्छ उसको प्रतिरक्षा प्रणाली धेरै नै क्षतिग्रस्त भएको हुन्छ। तिनीहरू संक्रमणसँग लड्न सक्दैनन् र धेरै नै बिरामी हुन सक्छन्।

अष्ट्रेलियामा एचआईभीको उपचार गराईरहेका लगभग सबैजना स्वस्थ रहने गर्छन् र एड्स लाग्ने गर्दैन। यसकारण जतिसक्दो चाँडो उपचार सुरु गर्नु नै महत्त्वपूर्ण हुन्छ ।

एन स डब्लु राज्यमा, एचआईभीको उपचार सबैका लागि नि:शुल्क छ।

के उपचारको साइड इफेक्टहरू पनि हुन्छन्?

arrow

केही व्यक्तिहरूले एचआईभीको उपचारले साइड इफेक्टहरू भएको पाउँछन्, अरूले पाउँदैनन् । एचआईभी औषधि सेवनको छोटो अवधिमा हुनसक्ने साइड इफेक्टहरूमा पखाला, वाकवाकी, पेट दुख्ने र टाउको दुखाइ पर्दछन्। तिनीहरू प्राय: एक महिनापछि जान्छन्।

यदि तपाईंलाई कुनै साइड इफेक्टहरू भईरहेका छन् भने तपाईंले आफ्नो डाक्टरसँग कुरा गर्नुपर्छ, ताकि तिनीहरूले तपाईंका साइड इफेक्टहरूलाई व्यवस्थापन गर्न मद्दत गर्न सक्छन्।

तपाइँले आफ्नो डाक्टरसँग सल्लाह नगरी औषधि सेवन कहिल्यै नरोक्नुहोस् वा परिवर्तन समेत नगर्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.