गर्भनिरोधक

यदि तपाईं बच्चा जन्माउन चाहनुहुन्न भने निर्देशन अनुसार गर्भनिरोधक प्रयोग गर्नु धेरै महत्त्वपूर्ण छ।
गर्भनिरोधक

गर्भ निरोधक भनेको मानिसहरूले जब यौन सम्पर्क गर्न चाहन्छन् तर गर्भवती हुनबाट जोगिन खोज्छन् तब प्रयोग गरिने साधन हो । कहिलेकाहीँ मानिसहरूले अन्य महिला स्वास्थ्य समस्याहरूको उपचार गर्न पनि गर्भनिरोधक प्रयोग गर्छन्, थप जानकारीको लागि आफ्नो डाक्टरलाई सोध्नुहोस्।

विपरीत लिङ्गका नयाँ पार्टनरसँग यौन क्रियाकलापमा संलग्न हुँदा, तपाईंले यौन सम्पर्क गर्न अघि गर्भनिरोधकको बारेमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ, किनकि गर्भनिरोधकको प्रयोगले तपाई दुबैलाई असर पार्छ।

तपाईं र तपाईंको यौन-साथीलाई विभिन्न प्रकारका गर्भ निरोधकहरू बारे बुझ्नु पनि महत्त्वपूर्ण छ जस मध्ये तपाईंलाई उपयुक्त हुने एउटा छनौट गर्न सकिन्छ । विभिन्न प्रकारका गर्भ निरोधकहरूले गर्भधारण रोक्न विभिन्न तरिकाहरूले काम गर्छन्।

यदि तपाईं बच्चा जन्माउन चाहनुहुन्न भने निर्देशन अनुसार गर्भनिरोधक प्रयोग गर्नु धेरै महत्त्वपूर्ण छ। उदाहरणका लागि, तपाईंले हरेक पटक यौनसम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्छ, चक्की दैनिक लिइनु पर्छ, वा गर्भनिरोधक इम्प्लान्ट वा आइयुडी जस्ता विकल्पहरूलाई वर्षौंसम्म केही गर्नु पर्ने आवश्यकता पर्दैन।

गर्भनिरोधकको प्रयोग गर्नाले तपाईंको भविष्यमा बच्चा जन्माउने क्षमतामा कुनै असर पर्दैन। यदि तपाईंले भर्खरै बच्चा जन्माउनुभएको छ भने, गर्भनिरोधकले तपाईंको अर्को गर्भावस्थालाई छुट्याउन वा यदि तपाईं अर्को बच्चा जन्माउन चाहनुहुन्न भने गर्भावस्था रोक्न मद्दत गर्न सक्छ।

थप जानकारीको लागि आठ सामुदायिक भाषाहरूमा उपलब्ध यो प्रसवोत्तर गर्भनिरोधक भिडियो हेर्नुहोस्।

गर्भ निरोधका विभिन्न प्रकारहरू के हुन्?

arrow

1. हार्मोनल गर्भ निरोधक

गर्भ निरोधक चक्कीहरू

गर्भनिरोधक चक्कीहरू
(संयुक्त मौखिक गर्भनिरोधक चक्की, सानो चक्की, प्रोजेस्टेरोन-मात्र चक्की)

Contraceptive_Implant

गर्भनिरोधक प्रत्यारोपण
(रड वा ‘इम्प्लानन’)

हर्मोनल इन्ट्रायूटरिन उपकरण

हर्मोनल इन्ट्रायूटरिन उपकरण (हर्मोनल आई यू डी वा ‘मिरेना’ वा ‘काइलीना’)

गर्भनिरोधक सुई (डिपो)

गर्भनिरोधक सुई
(डिपो)

योनिको रिंग

योनिको रिंग

2. अवरोध विधिहरू

Male_condoms

पुरुष (बाह्य)
condoms

महिला (आन्तरिक) कन्डमहरू

महिला (आन्तरिक)
कन्डमहरू

3. हर्मोन बिना गर्भ निरोधक

हर्मोनल इन्ट्रायूटरिन उपकरण

हर्मोनल इन्ट्रायूटरिन उपकरण (हर्मोनल आई यू डी वा ‘मिरेना’ वा ‘काइलीना’)

गर्भनिरोधक डायफ्राम

गर्भनिरोधक डायफ्राम

4.आकस्मिक गर्भ निरोधक*

हर्मोनल इन्ट्रायूटरिन उपकरण

हर्मोनल इन्ट्रायूटरिन उपकरण (हर्मोनल आई यू डी वा ‘मिरेना’ वा ‘काइलीना’)

आपतकालीन गर्भ निरोधक चक्की

आपतकालीन गर्भ निरोधक चक्की

*तपाईंले असुरक्षित यौन सम्पर्क पछी जति चाँडो संभव हुन्छ आपतकालीन गर्भनिरोधक गोली लिनु आवश्यक छ, ताकि यसले प्रभावकारीता प्रदर्शन गर्न सकोस । असुरक्षित यौन सम्पर्क भनेको जब गर्भनिरोधकको उपयोग गरिएको छैन। उदाहरणका लागि, कन्डमको प्रयोग नगरिएको अवस्थामा, या यौन सम्पर्कको समयमा कन्डम खसेको अवस्थामा, या यदि कुनै गर्भनिरोधक गोलिहरू लिन हालै छुटेको छ भने ।

आपत्कालीन गर्भ निरोधक चक्की (ईसिपी; ECP) प्राप्त गर्नको लागि तपाईं आफ्नो स्थानीय औषधि पसल (फार्मेसी) मा जान सक्नुहुन्छ र औषधि पसले (फार्मासिस्ट) सँग छोटो निःशुल्क परामर्श लिन सक्नुहुन्छ। यसको मतलब तपाईंलाई चिकित्सकको प्रेस्क्रिप्शन चाहिँदैन। तपाईंले असुरक्षित यौन सम्पर्क गरेको ७२ घण्टा भित्र ईसिपी (ECP) चक्की खानुपर्छ। जति चाँडो ईसिपी (ECP) लिइयो, त्यति नै प्रभावकारी हुन्छ।

गर्भनिरोधक विकल्पहरूको बारेमा यहाँ थप पढ्नुहोस्।

गर्भ निरोधकको अतिरिक्त असर (साइडइफेक्ट) हरू के हुन्?

arrow

विभिन्न प्रकारका गर्भ निरोधकहरूका फरक-फरक अतिरिक्त असर (साइडइफेक्ट) हरू हुन्छन्।

केही लाभदायक दुष्प्रभावहरूमा महिनावारीको रक्तस्राव कम गर्ने, महिनावारीको रक्तस्राव नहुने, एन्डोमेट्रियोसिसको दुखाइ रोक्ने र डण्डीफोर कम गर्ने समावेश हुन सक्छ।

केही चुनौतीपूर्ण साइड इफेक्टहरूमा बढी रक्तस्राव, महिनावारीको बीचमा रक्तस्राव, मुड परिवर्तन र स्तन कोमलता समावेश हुन सक्छ।

विभिन्न प्रकारका गर्भ निरोधकहरूको बारेमा थप जानकारीको लागि, वा तपाईंको लागि उत्तम हुने गर्भ निरोधकको प्रकारको बारेमा पत्ता लगाउन, आफ्नो चिकित्सक वा स्वास्थ्य सेवाकर्मीहरुसँग कुरा गर्नुहोस्।

अनियोजित गर्भावस्था

arrow

अनियोजित गर्भावस्था सबै उमेर र पृष्ठभूमिका महिलाहरूमा हुन सक्छ।

यदि तपाईं वा तपाईंले चिन्ने जो कोही अनियोजित गर्भावस्थाको अनुभव गर्दै हुनुहुन्छ भने, गर्भावस्था विकल्प हेल्पलाइनले गर्भावस्थाका विकल्पहरूको बारेमा नि:शुल्क, निष्पक्ष र गोप्य जानकारी प्रदान गर्दछ। स्वास्थ्य पेशेवरबाट विशेषज्ञ सल्लाहको लागि, तपाईं वेबसाइटमा जानुहोस् वा गर्भावस्था विकल्प हेल्पलाइन १८०० ००८ ४६३ मा कल गर्नुहोस्, जुन सोमबारदेखि शुक्रबार बिहान ८.०० देखि बेलुका ८.०० बजेसम्म उपलब्ध छ।

गर्भावस्था विकल्पहरूको बारेमा थप पढ्नुहोस् अन्य भाषाहरूमा उपलब्ध स्रोतहरू सहित।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.